Nepali Unicode | Preeti to Unicode

काठमाडौं । केन्द्रीय कारागार जगन्‍नाथदेवलमा कोरोना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ भने ५७ जना उपचारमा छन् । २ जना संक्रमण मुक्त भइसकेका छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।

लक्षण नदेखिएका संक्रमितलाई भने सुन्धारास्थित कैदीबन्दीले विभिन्‍न सामान उत्पादन गर्दै आएको उद्योगमा राखिएको छ । केन्द्रीय कारागारमा ३१ सय बढी कैदीबन्दी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर