Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

धरान डेरा गरि बस्ने दन्त रोग विशेषज्ञ डा.सन्दीपकुमार साह लागूऔषध सहित हिजो विराटनगरबाट पक्राउ परेका छन् ।
लागूऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी )बाट धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भएका उनी पक्राउ परेका हुन् ।


आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको बताए । साह नेपाल आउन प्रतिबन्ध लगाइएको आईसीपीको बाटो हुँदै जबरजस्ती छिर्ने प्रयास गरेपछि सशस्त्रको फन्दामा परेका हुन्।
३३ बर्षिय साहलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय