Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

१ फाल्गुन । चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरेनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले जानकारी दिनुभयो । भेटेरेनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ
अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरेनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ । गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ ।
“सामान्यरूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौँ”, उहाँले भन्नुभयो । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारेमा पनि जानकारी दिने प्रमुख डा चापागाईँले बताउनुभयो ।
पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ ।” केन्द्रले रगत परीक्षण र जीवाणु परीक्षणको लागि मेसिनको माग गरेको उहाँल बताउनु भयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय