Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएको खुलेको छ ।
केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आचोचना गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले प्रहरीलाई झाँक्रीलाई पक्राउ गर्न दबाब दिएको स्रोत बताउँछ ।
उनले राष्ट्रपतिको आलोचना गरेपछि प्रधानमन्त्री ओलीनिकट महिला संघले झाँक्रीलाई कारबाहीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । झाँक्रीलाई महानगरीय अपराध महाशाखाले बोलाएको भए पनि उनी आउन नमानेको स्रोतको दाबी छ ।
उनी आफैँ नआएपछि नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दियो । पक्राउपछि मुद्दा चलाउने वा नचलाउने भन्ने कुनै टुंगो नभएको प्रहरी स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
स्रोतका अनुसार बालुवाटारबाट झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई लगातार दबाब आएको छ । यसबारे झाँक्रीसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न मानिनन् । आफू छलफलमा रहेको बताउँदै उनले प्रहरीको ‘एक्सन’पछि मात्रै प्रतिक्रिया दिने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय