Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ २८। नेकपा प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनका कारण आज काठमाडौ केही स्थानमा सवारी आवगमन प्रभावित हुने भएको छ । खासगरी रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, केशरमहल लगायतका ठाउँबाट जुलुस निस्कने हुनाले ति क्षेत्रसहित काठमाडौंको भित्री एरियामा ट्राफिक व्यवस्थापनमा केही असर पर्नेछ । ‘भित्री एरिया ठप्प भएपछि बाहिर पनि असर पर्छ’, प्रवक्ता अधिकारीको भनाइ छ ।
विरोध प्रदर्शनलाई मध्यनजगर गर्दै १० बजेअघि नै ठूला गाडी चक्रपथ भित्र प्रवेशमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रम हुने प्रभावित क्षेत्रमा गाडी डाइभर्ट गर्ने तथा जुलुसमा जाने सर्वसाधारण बोकेर आएका गाडीलाई कार्यक्रम स्थलबाट केही किलोमिटर पर रोकेर मानिस मात्रै पठाउने तयारी गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय