Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्। उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।

शनिबार चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन्। कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि उनी संक्रमणमुक्त भएका हुन्।

उनले आफूलाई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।

सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’

उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय