Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ २०। संवैधानिक परिषद्को भोलि बेलुका ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । बैठक बालुवाटारमा बस्ने बताइएको थियो । सो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।
केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतको भनाइ थियो ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ ।
संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय