Nepali Unicode | Preeti to Unicode
 BREAKING
दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने | रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा | गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता | रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते | प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन | डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन : सञ्चार मन्त्री | बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु | शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो | नेपाल-भारत सीमाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद | तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था |

थियानजिन (चीन), भदौ  १५ गते ।  शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुुहुन्छ ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी हुनुहुन्थ्यो ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन आउनुभएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय