Nepali Unicode | Preeti to Unicode
 BREAKING
दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने | रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा | गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता | रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते | प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन | डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन : सञ्चार मन्त्री | बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु | शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो | नेपाल-भारत सीमाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद | तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था |

नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आज देखि सुरु भएको छ । घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय