Nepali Unicode | Preeti to Unicode

काठमाडौं । नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै  पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् ।  यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए ।

“बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो ।

मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो ।

गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग यूरिया मल सापटी मागेको हो । प्रधानमन्त्री ओलीले पनि बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता भएको र यूरिया मल सहयोग गर्न भनेको ट्विटमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर