Nepali Unicode | Preeti to Unicode

काठमाडौँ- प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गर्न माग गर्दै सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले मंगलबार पनि प्रदर्शनलाई जारी राखेका छन्।
माइतिघरमा भएको प्रदर्शनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षका विद्यार्थी नेता तथा कार्यकर्ता सहभागी थिए।
अनेरास्ववियूका सहसंयोजक रन्जीत तामाङलगायतको समूहले असंवैधानिक कु खारेज गर भन्दै नाराबाजी गरेका थिए।
प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर