Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौँ, पुस ४ । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बागमती प्रदेश महासंघको प्रथम ऐतिहासिक परिषद्को उद्घाटन गर्नुहुँदै आज उहाँले वनको दीगो उपयोग हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको ऐजेण्डा सरकारको मात्र होइन, जनताको पनि हो ।” समुदायलाई कमजोर बनाउने उद्देश्य सरकारको नरहेको उहाँले बताउनुभयो ।

फेकोफनका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका कच्चा पदार्थमार्फत प्रत्येक घरमा रोजगारीको सिर्जना गर्न सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो । सरकारको निर्णय व्यक्तिगत नहुने भएकाले उद्यमका विषयमा ठोस निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिक बलियो भए मात्र राज्य बलियो हुने उहाँको ठहर छ ।

सो अवसरमा मन्त्रालयका सचिव सिन्धु ढुङ्गानाले सामुदायिक वनको ५० प्रतिशत महिला नेतृत्वको अभ्यास उदाहरणीय रहेको बताउनुभयो । समुदायलाई हस्तान्तरण गरिसकेपछि वनको चोरी, तस्करीको भय नभएको उहाँले ठहर गर्नुभयो ।

नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकेको बताउनुभयो । सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनभन्दा दीगो वन व्यवस्थापनसँग जोड्न सके मात्र देशमा समृद्धि हाँसिल हुन सक्ने बताउनुभयो । फेकोफन केन्द्रका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका वन पैदावारको उपयोगबाट उद्यमशीलताको सिर्जना गरी युवालाई रोजगारीको अवसर प्रदान गर्नका लागि सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा फेकोफनका उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनका पदाधिकारीलाई सरकारले अयोग्य ठहर गर्नु सरकारको भूल हुने बताउनुभयो । बागमती प्रदेश महासंघका अध्यक्ष बिनोद सापकोटाले फेकोफनको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउँदै सो माग तत्काल कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय