Nepali Unicode | Preeti to Unicode

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्रको विवाद अन्त्यका लागि फेरि नाटकीय ढंगले चारबुँदे सहमति भएको छ।

दुई अध्यक्षबीच गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयमा फर्किने र त्यसका लागि चार बुँदामा आधारित भएर अघि बढ्ने सहमति जुटेको हो।

यसलाई दुई अध्यक्षले जारी स्थायी समिति बैठकमा जानकारी गराएका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष छलफलमा जुटेका थिए।

दुई नेताबीच भएको सहमतिअुनसार अब दाहालले सचिवालयमा पेश गरेको आरोपत्र र ओली पेश गरेको जवाफीपत्र फिर्ता गरेर संयुक्त प्रस्ताव लैजाने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर