Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? | नेपाली कांग्रेसको सभापतिमा गगन थापा |

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं-२ का वडाध्यक्ष करम हुसेन खानले कर्मचारी कुटपिट प्रकरणमा आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्तामा उनले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा आत्मालोचना गर्दै आगामी दिनमा यस्ता गैरकानुनी गतिविधि नगर्ने प्रतीज्ञा गरेका छन् ।

फागुन ५ गते रोहिणी गाउँपालिकाको बैठकमा शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले आफ्नो विचार राख्ने क्रममा वडा नं-२ का अध्यक्ष करम हुसेनले गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए । यस घटनाप्रति कर्मचारी संगठनहरूले आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

फागुन ७ गते जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच छलफल भएपछि वडाध्यक्ष करम हुसेन खानले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिने, राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै दुर्व्यवहार नगर्ने तथा कानुन उल्लङ्घन गरेमा कानुनी कारबाही भोग्न तयार रहने लिखित प्रतिबद्धता जनाएका छन् ।

सहमति पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरी, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेशप्रसाद पाण्डेय, कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेय, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष उत्सव न्यौपाने लगायतका प्रतिनिधिहरूले रोहबरका रूपमा हस्ताक्षर गरेका छन् ।

प्रशासनको पहलमा भएको सहमतिपछि कर्मचारी संगठनहरूले तत्कालका लागि सबै विरोध कार्यक्रमहरू स्थगित गरेका छन् । यो सहमति कार्यान्वयन भएमा कर्मचारीहरू सुरक्षित वातावरणमा काम गर्न पाउने कर्मचारीले विश्वास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय