Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

चितवन : चितवनका केरा उत्पादक किसानहरुले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसक्दा केरा उत्पादनमा समस्या आएको गुनासो गरेका छन् ।

शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउनसमेत समस्या देखिएको उनीहरुको भनाइ छ ।

केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरेले भारतीय केराका कारण नेपाली केरा बिक्रीमा समस्या, स्थानीय मालभोग जातको केरामा पानामा रोगको संक्रमण, नयाँ केरा खेतीको बिमा नहुने र क्षतिको रकम पाउन समस्या रहेको बताए ।

सरकारले नेपाली केरा किसानहरुको समस्या सम्बोधन गर्नुपर्नेमा घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलमा मात्रै जोड नदिन कृषकहरुलाई आग्रह गरे । सरकारले मल पुर्‍याउन नसकेर भन्दा पनि भविष्यलाई सोचेर रासायनिकसँगै प्राङ्गारिक र जैविक मल प्रयोग गर्न आग्रह गरे । कृषि क्षेत्रमा लाग्ने अधिकांश किसानको अवस्था राम्रो नभएको भन्दै यसको सुधारका लागि सरकारले ऐन ल्याउन लागेको उनले बताए ।

चितवनमा सात सय जना किसानले तीन हजार बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका संघका सचिव जनकराज पन्तले बताए । वार्षिक रुपमा चितवनको केरा व्यवसायले दुई अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने भन्दै जिल्लामा केरा उत्पादनमा सक्रिय किसानमध्ये ७० प्रतिशत युवा रहेको बताए । किसानहरुले केरालाई राष्ट्रिय बालीमा सूचीकृत गरी विकास बार्ड स्थापना गर्नुपर्ने, टिस्यू कल्चर बिरुवाका लागि पहल गर्नुपर्ने, केराखेती विस्तार गर्नुपर्ने, केरा आयात गर्दा निश्चित समयका लागि भन्सार बन्द गर्नुपर्ने, केरा सहकारी निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

साधारणसभाका अवसरमा विभिन्न संघसंस्थाका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक पुरस्कारबाट अमरबहादुर तामाङ, रामप्रसाद पाण्डे, अर्जुन चौधरी, सागर भट्टराई, आसिका मल्ललाई सम्मानित गरिएको संघका सचिव पन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय