Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए ।

त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् । लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय