Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

रत्ननगर नगरपालिकाबाट यसबर्षको एसईई परिक्षामा १ हजार ४४२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । बिहिबारबाट सुरु हुने परिक्षामा नगरपालिका भित्र रहेका १६ सामुदायिक र २२ संस्थागत विद्यालयबाट १ हजार ४४२ विद्यार्थीहरु सहभागी हुन लागेका हुन् ।

नगरभित्र रहेका ४८ विद्यालयबाट ६८६ छात्रा र ७५६ छात्रहरुले परिक्षामा भाग लिने रत्ननगरका मेयर प्रलाद सापकोटाले बताए । ४८ विद्यालयबाट सबैभन्दा धेरै स्काइराइडर आवासीय माध्यमिक विद्यालयबाट १७७ जना र सबैभन्दा थोरै गायत्री वेद वेदाङ्ग संस्कृत गुरुकुलमबाट ८ जना विद्यार्थी परिक्षामा सहभागी हुने सापकोटाले जानकारी दिए । रत्ननगरमा रहेको अर्को धार्मिक विद्यालय श्रीराम वैदिक संस्कृत गुरुकुलबाट भने १० जना परिक्षार्थीले एसईई परिक्षा दिदैछन् ।

रत्ननगरबाट परिक्षामा २ वटा धार्मिक सहित २२ संस्थागत विद्यालय र १६ सामुदायिक विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुदैछन् । सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै जन जागृती माध्यमिक विद्यालयबाट १६२ जना विद्यार्थी सहभागी हुनेछन् । सामुदायिक विद्यालय तर्फ ३७१ जना छात्रा, ३५५ जना छात्र र संस्थागत विद्यालयबाट ३१५ जना छात्रा,४०१ जना छात्रहरुले परिक्षा दिने एकिकृत शिक्षा सुचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय