Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटीमा परीक्षा सुरु भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।

परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ। जसमा एक हजार परीक्षार्थीले परीक्षा दिन पाउनेगरी व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। परीक्षार्थी परीक्षाको एक दिनअघि सिफ्टअनुसार इपिएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्ने इपिएस शाखाले जानकारी गराएको छ ।

परीक्षा सुरु हुनुअघि एक घण्टापहिले परीक्षा हलमा ओरेन्टेसन सुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले जानकारी गराइन्। ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा हुनेछ,’ उनले भने ।

परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायत कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ। परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेस हुन निषेध गरिने इपिएस शाखाले जानकार गराएको छ।

दैनिक एक हजार जनाको दरले परीक्षा लिँदा पनि २०८१ को पुसमा पहिलो हप्तामा परीक्षा सकिने भएको छ। सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएका थिए। तिनै परिक्षार्थीले तिन चरणमा परिक्षा दिने भएका छन्। इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार ५ सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्।

सोमबारदेखि सुरु भएको पहिलो चरणको परीक्षा चैत २४ गते सकिनेछ। त्यस्तै देस्रो चरणमा ७९ हजार नौ सय ३७ जना परीक्षार्थीले परिक्षा दिने भएका छन्। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। साथै तेस्रो चरणमा ३६ हजार एक सय ७९ जना परिक्षार्थी सहभागी हुने छन्।

त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने इपीएस कोरिया शाखाले जनाएको छ।

रोजगारीका लागि केही समयअघि कोरिया मुलुक आउन आन्दोलन नै गर्ने युवाप्रति दक्षिण कोरिया सरकारले उच्च सम्मान प्रकट गरेका थिए। युवाको उत्कट चाहनालाई बुझेर रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षामा सामेल गराउन दक्षिण कोरियाबाट सकारात्मक जवाफ आएको थियो।

सन् २०२३ का लागि अनुमानित १५ हजार चार सय ४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय