Nepali Unicode | Preeti to Unicode

नेपालले विश्वकप लिग २ नामिबियासँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन् ।

लिग २ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो । नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ । तीन वर्ष चल्ने लिग २ को यो साइकलमा सहभागि ८ टोलीले ९–९ शृंखलामा ३६ खेल खेल्ने छन् ।

२०१९–२३ को लिग २ सर्कलमा नामिबियालाई उछिन्दै नेपाल तेस्रो भएको थियो । नेपालले कीर्तिपुरमा खेलिएको नामिबियाविरुद्धको सबै ४ खेल जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर