Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

१५ माघ । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ । कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ।

अनलाइन प्रक्रियाका लागि टियुएक्जाम डट इडियु डट एनपीमा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ । त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ । सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ ।

अनलाइन सेवा नहुँदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय