Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। देव खनालको कप्तानीमा रहेको नेपाल आजको खेलमा जित हात पार्दै प्रतियोगितामा पहिलो जित हासिल गर्न चाहन्छ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो। समूह ‘डि’ मा रहेको नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

गत शुक्रवारबाट सुरु भएको खेलमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छन्।

समूह ‘ए’ मा बङ्गलादेश, भारत, आयरल्यान्ड, अमेरिका रहेका छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज रहेका छन्। यस्तै समूह ‘सी’ मा अस्ट्रेलिया, नामीबिया, श्रीलङ्का र जिम्बावे छन् भने समूह ‘डी’ मा अफगानिस्तान, नेपाल, न्यूजिल्यान्ड र पाकिस्तान रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय