Nepali Unicode | Preeti to Unicode

यू–१९ एसिया कप क्रिकेट आजबाट सुरु हुँदैछ। यूएईमा आजदेखि सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

दुबईको आइसीसी एकेडेमी ओभलमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ११ः १५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालसँगै समूह ‘ए’ मा अफगानिस्तान, भारत र पाकिस्तान छन्।

यस्तैसमूह ‘बी’ मा बङ्गलादेश, जापान, श्रीलङ्का र यूएई रहेका छन्।

देव खनाल कप्तान रहेको नेपालको टिममा गुलसन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन्।

प्रतिक्रिया

सम्बन्धित खवर