Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशमा ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति एमाले कोशी प्रदेश संसीय दलले आपत्ति जनाएको छ । बुधबारको प्रदेशसभा बैठकमा दलको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद तिलकुमार मेन्याङ्बोले पार्टी अध्यक्ष ओलीलाई प्रवेश निषेध गर्ने प्रचार दुःखद् र आपत्तिजनक भएको बताएका हुन् ।

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका पहिचान पक्षधरले ओलीलाई  प्रदेश  निषेध गर्ने बताएको  थियो । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली कोशी प्रदेशका पहाडी जिल्लामा आउने तयारी छ । पहिचानवादीको भनाइ संविधानप्रदत्त अधिकारको उल्लघन भएको भन्दै एमालेको दाबी छ । ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुखद् छ,’ विषेशसमयमा  मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’

बुधबारको बैठकको शुन्य समयमा नेकपा एकीकृत समाजवादीका सांसद खिनु लङ्वा लिम्बूले भाषा आयोगले कोशी प्रदेशका लागि कामकाजको भाषा मैथिली र लिम्बू कायम गर्न दिएको सुझावलाई कार्यन्यवन गर्न आग्रह गरिन् । राप्रपाका सांसद प्रेमराज थाम्सुहाङले नागरिकलाई रोजगार, शिक्षा र स्वास्थ्यका कार्यक्रम ल्याउन आग्रह गरे । नेकपा एमालेकी प्रदेशसभा सदस्य कमला दर्नालले सभामुखको निर्वाचन तत्काल गर्न आवश्यक  नरहेको बताइन् । उपभामुखले भूमिका निर्वाह गरिरहेका कारण सभामुखको अनिवार्यता नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय