Nepali Unicode | Preeti to Unicode

यातायात व्यवस्था कार्यालय सवारी काेशीका तत्कालिन प्रमुखसहित चारपाँच जना  कागार चलनन भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।

फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नयराज नेपाल, लेखापाल  मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई  मोरङ प्रहरीले पक्राउ गरी अदालतमा बुझाएकाे थियाे । मंगलबार नै पाँचै  जनालाई कारागार चलान गरिएकाे  जिल्ला अदालत माेरङका सूचना अधिकारी अाेम सुवेदीले जानकारी  दिए  ।

अख्तीयार दुरुपयाेग अनुसन्धान आयाेगले कार्यालयकाे राजस्व हिनामिनाकाे आराेपमा दुई वटा मुद्दा दर्ता गरेकाे थियाे । विशेष अदालत काठमाडौँले २०७९ चैत ८  गते दाेषी ठहर गरेकाे थियाे ।
दुई वटा  मुद्दामा प्रतिवादी बनाइएका चारजना उपसचिव रमेश प्रसाद दाहाल, विष्णु प्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दाेषी देखिएका थिए ।

मंगलबार विराटनगरबाट प्रहरीले पक्राउ गरेका तत्कालिन लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४  करोड,३४  लाख ५ हजार ५९४ जरिवाना भएको थियो । कार्यालय प्रमुख नयराज नेपाललाई ८ वर्ष कैेद र १२  करोड, ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवानाको फैसला भएको थियो । कर्मचारी  कुमारबहादुर कटुवालाई ६ वर्ष कैद र   १  करोड, १ लाख ६५ हजार ८१२  जरिवाना फैसला भएको थियो । त्यस्तै  टिकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४  जरिवाना र  देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

फैसला कार्यान्वयन अभियान अन्तरगत पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन  कैद र  ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल हुने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको  आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको  थियो ।

आव २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा कार्यालयका भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको  थियो ।

लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको  थियो । कायम गरेकाे थियाे ।

सोेही कार्यालयको राजस्व हिनामिनाको अर्काे मुद्दामा उपसचिव रमेश प्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णु प्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो । तीन जनाको हकमा विगो  भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो  । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो ।

राजस्व हिनामिना प्रकरणका मुख्य  नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर