Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

असोज २९ गते । कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । यद्यपि प्रदेश सभा सचिवालयमा भने विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता भइसकेको छैन ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मत लिन मुख्यमन्त्रीसँग प्रयाप्त समय बाँकी भए पनि गठबन्धन दल र नेकपा (एमाले) सँगको सम्बन्धलाई ठीक ढङ्गले अगाडि बढाउन विश्वासको मत लिन हतारो गर्नुभएको राजनीतिक दलका नेताहरुले बताउनुभएको छ ।

पहिले केन्द्रीय सत्ता गठबन्धनसँग र त्यसपछि नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले गठबन्धनका शीर्ष नेताबीच गरेको लिखित सहमतिविपरीत सरकार गठन गरेर अगाडि बढ्नुभएका मुख्यमन्त्री कार्की विश्वासको मत लिएर आगामी राजनीतिक कदम अगाडि बढाउने पक्षमा देखिनुभएको हो ।

एमाले र सत्ता गठबन्धन दललाई सँगसँगै लैजान सक्ने अवस्था नभएकाले विश्वासको मत लिएपछि सरकार र विपक्षीको बाटो खुला गर्ने उहाँको योजना छ । यतिबेला गठबन्धनले पनि कार्कीलाई आफ्नै मुख्यमन्त्री भनिरहेको छ भने एमालेले ३९ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त गर्न सहयोग गरेको छ । यस्तो अवस्थामा एमाले वा गठबन्धन कसलाई आफूसँग राख्ने भन्ने निर्णय लिन मुख्मन्त्री कार्कीलाई समस्या भएको छ । विश्वासको मत लिएपछि परिस्थितिको एउटा पटाक्षेप हुने उहाँको विश्वास छ ।

विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता गर्नु अगाडि उहाँले आजै बिहान एमालेका नेताहरुसँग छलफल गर्नुभएको छ भने दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । यद्यपि गठबन्धनका नेताहरुले उहाँसँग छलफल गर्न नचाहेपछि काँग्रेस नेता हिमाल कार्कीलाई छलफलको पहल गरिदिन आग्रह गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय