Nepali Unicode | Preeti to Unicode

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तिमगर अस्ट्रेलिया गएका छन् । आफ्नो सुरक्षित भविष्य खोज्दै विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन् ।

उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए  । सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए ।

त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए।  नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन् ।

पछिल्ला केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर