Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

गुल्मी- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारीले लोक सेवा आयोगका दश ठाउँबाट परीक्षा उतीर्ण गर्नु भएको छ । भण्डारीले एक वर्षमा लोक सेवा आयोगले लिएका विभिन्न पदमा दश ठाउँबाट परीक्षा उतीर्ण गर्नुभएको हो ।

जसअनुसार गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासन+लेखा), संघ नायब सुब्बा प्रशासन समुह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण समुह, कृषि बिकास बैंक पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह लेखा समुह, नेपाल विद्युत प्राधिकरण चौथो तह उतीर्ण गर्नुभएको छ । त्यस्तै नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उतीर्ण गर्नुभयो ।

भण्डारीले हालै संघीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । यी बाहेक भन्सार बिभागले करिब २२ बर्षपछि बिज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परिक्षा पनि उतिर्ण गर्नुभएको थियो ।

जसमा ६६० जनाका लागि १० हजार भन्दा बढीको प्रतिस्पर्धा भएको थियो । तर निजामती सेवा प्रवेश गरेपछि लाइसेन्स खारेज गर्नुभएको छ ।

लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेकाले खुसी लागेको भण्डारीले बताउनुभयो । खुला तर्फबाट निजामती सेवामा प्रवेश गर्न सकिने माथिल्लो श्रेणीनै राजपत्रांकित तृतीय श्रेणी भएको र त्यसमा आफू छ्नोट हुन पाउदा धेरै खुशी लागेको बताउनुभयो ।

तयारी गरेको छोटो समयमै निजामती सेवा, बैंकिङ सेवा, सार्वजनिक सस्थान, प्रदेश र स्थानिय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको भण्डारीले बताउनुभयो ।

यो नतिजाले अझै जिम्मेवारी थपिएको र राज्य, राष्ट्र र जनताले चाहेअनुसार सेवा प्रदान तथा भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने उहाँको भनाइ छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारी मध्यम वर्गिय किसान परिवारमा जन्मिनु भएको हो । उहाँ सानैदेखि मेहनती हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय