Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

लेजेन्ड खेलाडी पेलेको सर्वाधिक गोलकर्ताको  कीर्तिमान   नेयमारले तोडेका छन् ।

शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् ।

ब्रजिलका लागि १२५ औं खेल खेलेका नेयमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे   ।  योसँगै  उनले पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेयमारले गरेको गोल संख्या ७९ पुगेको छ ।

‘यो रेकर्डमा पुग्छु भनेर कहिल्यै सोचेको थिइन’ नेयमारले खेलपछि भने,‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन ।’

पेलेको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेल खेल्दै ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

नेयमार हाल साउदी प्रो लिग टिम अल हिलालमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय