विश्वकप फुटबल विजेता लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर एर्लिङ हालान्ड २०२२–२३ को युइएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उनी सहभागि टोली सिटीले प्रिमियर लिग, एफए कप र यूईएफए च्याम्पियन्स लिग च्याम्पियन हुँदै ट्रेबल हासिल गरेको थियो ।
गत सिजन उनले सबै प्रतियोगितामा ५३ खेलमा ५२ गोल गरेका थिए ।
हालान्डले च्याम्पियन्स लिगमा १२ र प्रिमियर लिगमा ३६ गोल गर्दै दुवै प्रतियोगितामा शीर्ष स्कोरर बनेका थिए ।
उनले सिटीकै केभिन डे ब्रुइन र लिओनल मेसीलाई भोटिङमा पछि पारे ।
हालान्डले ३५२ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहेका मेस्सीले २२७ अंक प्राप्त गरेका थिए ।
म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला २०२२– २३ युइएफए वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए ।
