Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यलाई स्थापित गरेको धारणा व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्या महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्था समेट्न सकिएको सन्दर्भ उल्लेख गर्नुभयो ।

उहाँले लामो सङ्घर्षपछि नेपालमा राजनीतिकरूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँकी रहेको छ भन्नुभयो । त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्त्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

“गरिबीले नै मानवीय मूल्य विरुद्धका विकृतिहरू देखापर्छन्, गरिबी हटेपछि मात्र विकृति क्रमशः आफैँ हट्दै जाने हो”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गरिबीका कारण नेपाली जनताले धेरै समस्या भोग्नुपरेको छ, त्यो समस्याबाट जनताको जीवनस्तरमाथि उठाउन हामी कोसिस गरिहेका छौँ । त्यसमा अमेरिका जस्ता मुलुकको सहयोग हाम्रा लागि महत्त्वपूर्ण हुन्छ ।”

नेपालको संविधान निकै राम्रो रहेको र आफूहरू त्यसबाट प्रभावित भएको तथा अमेरिकामा नभएको महिलासम्बन्धी हकअधिकारको व्यवस्था नेपालमा भएको बताउँदै नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधिमण्डलको भनाइ थियो ।

उहाँहरूले मानवअधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड तथा नेपालस्थित अमेरिकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय