Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  मंगलबार नियुक्त भएका थापालाई   बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

२६ दिनको अन्तरमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले तीन सदस्यीय  मन्त्रीपरिषद् पनि विस्तार गरेका छन् । सत्ता साझेदार दलबाट १–१  जना सदस्य रहने गरी मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

थापाले  बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, कमलप्रसाद जवेगूलाई भौतिक पूर्वाधार  विकास, प्रदिप सुनुवारलाई  खानेपानी सिचाइ तथा उर्जा  मन्त्री नियुक्त  गरेका छन् ।

गौतम माओवादी केन्द्र, जवेगू एकिकृत समाजवादी पार्टी र सुनुवार नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका हुन् ।

गौतमले मंगलबार मात्रै सभामुखबाट राजीनामा दिएका थिए । जवेगू र सुनुवार यसअघि विना विभागिय मन्त्री थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय