नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले सभापतिको आलोचना गर्दा शेरबहादुर देउवा नरिसाउने बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले देउवा नरिसाए पनि अरु साथीहरूले भने सभापतिलाई गाली गर्यो भन्ने गरेको बताए ।
अरुले आफूलाई सभापतिलाई खुइल्याएको भने पनि आफूले त्यसो नगरेको उनकाे भनाइ छ । ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ । आलोचना र गालीबीच फरक छ साथी हो,’ उनले भने ।
उनले अगाडि भने, ‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न, तर साथीहरू भने सभापतिलाई गाली गर्यो भन्नुहुन्छ ।’
