क्याफेमा मासु ल्याउने व्यक्तीको मृत्यु भएपछि चर्चित र्यापर गिरिश खतिवडामाथि हत्या आरोप लागेको छ । खतिवडाले विराटनगर १० मा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मासु पुर्याउन आएका व्यक्तीको मृत्यु भएपछि हत्या आरोप लागेको हो ।
मृतकका आफन्तले खतिवडासहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तब्य ज्यानको दाबीसहित किटानी जाहेरी दिएका छन् ।
खतिवडा जि क्याफे सञ्चालन हुन् । उनको पसलमा मासु ल्याउने मोरङको धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालक कासीद अन्सारीको मृत्यु भएपछि खतिवडासहित तीन जना विरुद्ध कर्तब्य ज्यानको दाबीसहित जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
