Nepali Unicode | Preeti to Unicode

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले जनाएको छ। उनी मुटुमा असहज भएपछि जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए। मंगलबारै गंगालालमा पौडेलको एन्जिओग्राम गरिएको थियो।

अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको पनि जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर