Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने औपचारिक भारत भ्रमणका बारेमा जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताए ।

उनले दुई देशबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी अहिलेसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गरे ।

उनले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमा सम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए ।

उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको दाबी समेत गरे ।

‘सीमा सम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । यो विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसद्लाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर