प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको लिभरपुलले शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ ।
गएयराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३– ० ले पराजित गरेको थियो । जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको हो ।
लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरेका थिए ।
अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरे । तीन वटै गोलमा मोहमद सलाहको असिस्ट थियो ।
जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमा छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अंक दुरी १ मा झारेको छ । न्युकासल र म्यानचेष्टर युनाइटेडले एक–एक खेल कम खेलेका छन् ।
शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा रहेको छ ।
