Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको सिम्ले गाउँपालिका–६ घर भइ काठमाडौं बौद्ध बस्ने १९ वर्षीय राज तामाङ, दोलखा कालिन्चोक गाउँपालिका–२ घर भइ भक्तपुर व्यासी बस्ने १९ वर्षीय सुजन बुढाथोकी, रौतहट घर भइ काठमाडौं चावहिल बस्ने २० वर्षीय अजय कुमार र पर्सा जर्गनाथपुर गाउँपालिका–२ घर भइ काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षीय जलि आलम मियाँ रहेका छन्।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई चोरी गरेको ८ थान मोटरसाइकलसहित पक्राउ गरेको हो।

उनीहरु उपर चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय