Nepali Unicode | Preeti to Unicode

स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्लारियलसँग पराजित भएको छ । घरेलु मैदानमा भिल्लारियलसँग ३–२ ले पराजित भएको हो ।

भिल्लारियलको जितमा सामुइल चुकविजीले दुई  र जोश लुइस मोरालेसले एक गोल गरे । रियलका लगि भिनिसियस जुनियरले एक गोल गरे । अर्काे गोल उपहार पाएको थियो ।

शनिबार राति भएको खेलमा रियलले खेलमा दुई पटक अग्रता लिएर पनि पराजित भएको हो ।  खेलको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लियो । ३९ औं मिनेटमा सामुइल चुकविजीले गोल गर्दै बराबरीमा ल्याए ।

४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई  २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ बराबरी बनाए ।   ८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ ले जित दिलाए ।

हारसँगै रियलका लागि उपाधि दौड टाढा बनेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेपछि उपाधि दौडको सम्भावना टरेको हो । रियलको २८ खेलबाट ५९ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनासँग ७१ अंक छ । भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर