Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२१ चैत । श्रीलङ्काले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताउनुभयो ।

फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलङ्काले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको बताउनुभयो ।

सन् २०१९ पछि पहिलो पटक श्रीलङ्काले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उहाँले दिनुभयो ।

श्रीलङ्काले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ ।

चीनमा बढ्दो उडान र प्रवद्र्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उहाँले बताउनुभयो ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरासायी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय