Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरि पराजित भएको छ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजी आइतबार राति घरेलु मैदान पार्क डे प्रिन्समा  लियोनसँग १– ० ले पराजित भएको हो ।

लियोनको जितमा ब्राडली बार्कोलाले ५६औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो ।

पीएसजीका सर्वाधिक गोलकर्ता किलिएन एमबाप्पेले बराबरी गोल नजिक पुगे पनि उनको प्रहार सेभ भएको थियो । पीएसजीले पछिल्लो १८ मध्ये ७ खेलमा पराजित भएको छ ।

हारपछि पनि पिएसजी लिगको शीर्ष स्थानमा छ । २९ खेलबाट ६६ अंकका साथ पीएसजी दोस्रो स्थानको लेन्स भन्दा ६ अंकले अघि रहेको छ । लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय