Nepali Unicode | Preeti to Unicode

बैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उठ्ने तयारी गरेका छन् । यादवले उठ्ने तयारी  गरेपछि सो क्षेत्रमा  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि उम्मेदवार बन्ने तयारी गरेका छन् ।

सो क्षेत्रमा माओवादी केन्द्र छाडेर  जनमत पार्टी प्रवेश गरेका  शिवचन्द्र कुसवाले  उम्मेदवारी घाेषणा गरिसकेका छन् ।

राजेन्द्र महता पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेकाे उनी निकट  नेताहरु बताउँछन् ।  मंसिर ४ को निर्वाचनमा नेता महतो सर्लाही–२ मा  महेन्द्रराय यादवसँग पराजित भएका थिए ।

बारा २ बाट चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्र खाली भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर