प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सरकार पाँच वर्ष नै टिक्ने बताएका हुन् ।
बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा पालिकालाई पनि काम गर्न कठिनाइ हुने गरेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले उनको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।
