आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुन तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
