Nepali Unicode | Preeti to Unicode

नेपालले आज प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग खेल्नेछ  । याे खेल  साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले लाओसलाई २– ० ले हराएको थियो । आज भुटानलाई  हराउँदै फाइनल पुग्न चाहन्छ । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २– १ ले हराएको थियो ।

नेपालले भुटानविरुद्ध  हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध १२ खेलमा नै जित हासिल गरेको छ। प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर