Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

नेपालले आज प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग खेल्नेछ  । याे खेल  साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले लाओसलाई २– ० ले हराएको थियो । आज भुटानलाई  हराउँदै फाइनल पुग्न चाहन्छ । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २– १ ले हराएको थियो ।

नेपालले भुटानविरुद्ध  हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध १२ खेलमा नै जित हासिल गरेको छ। प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय