Nepali Unicode | Preeti to Unicode

मन्त्रालय भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रालय भागबन्डा टुंगो लगाउन  साझेदार दलहरू बीच बैठक बस्न लागेको हो ।

बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ ।

बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर