संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताएका हुन् ।
मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए ।
उनले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए ।
मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताए ।
उनले बेरोजगार भएरमात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताए ।
मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिने गरी काम हुन जरुरी रहेको बताए ।
