नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र गम्भीर बिरामी अवस्थामा रहेको उद्घोष गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्यम गर्नेहरू हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरू निराश रहेको, व्यापारिक शहरहरू उजाड देखिएको बताए ।
आफुले कर तिर्ने बर्ग निराश देखेको भन्दै उनले भने, ‘यहीँ उद्यम गरेर टिक्न खोज्नेहरू हतास मनसिस्थतिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो । सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ?’
उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।
