Nepali Unicode | Preeti to Unicode

काठमाडौं । सर्वोच्च अदातलले राष्ट्र बैंकविरुद्धको एक मुद्दामा व्यवसायी सुधीर बस्‍नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्‍नेतको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
आदेशको पूर्ण पाठ भने आइसकेको छैन ।

राजस्व न्यायाधीकरणले टुंगो लगाइसकेको विषयमा राष्ट्र बैंकले पुनः कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै बस्‍नेतले मंसिर ५ गते सर्वोच्च अदालतमा बैंकविरुद्ध रिट दायर गरेका थिए । “राजस्व न्यायाधीकणले समाधान गरिसकेको विषयमा राष्ट्र बैंकले पुनः कारबाही गर्न खोज्यो भनेर पछिल्लोपटकको निर्णय बदरको माग गर्दै उहाँले रिट दिनुभएको थियो । त्यसैमा अन्तरिम आदेश जारी भएको छ । पूर्णपाठ आएको छैन,” सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर