Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) |

बैतडी, मङ्सिर ९ गते । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा भएकाे जीप दुर्घटना साँघुराे सडक र तीव्र गतिका करणा भएकाे घाइतेहरूले बताउनु भएकाे छ ।  साे जीप दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको छ । मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए । साथमा रहेका परिवारका पाँच जना सदस्य घाइते भएका छन् । मंगलबार १ः ३० बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जीप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।

जीप सडकबाट २५० मिटर तल खसेको छ । जीपमा चालकसहित १० जना सवारी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ अड्तोलाका ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द र सोही ठाउँकी ७५ वर्षीया पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी घाइते हुनेमा दशरथचन्द–९ बस्ने वर्ष ४६ का खगेन्द्रप्रसाद जोशी ( पिठ्यु, टाउंकोमा चोट) दोगडाकेदार गाउँपालिका– ६ बस्ने वर्ष ५० का कृष्णानन्द भट्ट (टाउको, हात, पिठ्युमा चोट) दशरथचन्द नगरपालिका–२ देहिमाण्डौं बस्ने वर्ष २२ का प्रदीप लावड, दशरथचन्द–५ बस्ने वर्ष ३५ का रवीन्द्र चन्द, जीप चालक दशरथचन्द–४ बस्ने वर्ष ३५ का गोपालसिंह कार्की ( टाउकोमा चोट)  छन् ।

घाइतेमध्ये अन्य सबैको अवस्था सामान्य रहेको भए पनि जीप चालक कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पेन्सन लिन आमा र ठूली आमासँगै भारत गएका दशरथचन्द नगरपालिका–५ बस्कोटमा रवीन्द्र चन्दले आमा र ठूली आमा गुमाउनुभएको छ । जीपको गति तीव्र रहेको घाईते उहाँले बताउनुभयो । साँघुरो सडक र तीव्र गतिका कारण बैतडीमा पटक पटक कहालीलाग्दा दुर्घटना हुने गरेका छन् । कात्तिक २७ गते राति बैतडीको खोड्पेमा बस दुर्घटनामा परेर नौ जनाको ज्यान गएको थियो भने ३४ जना घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय