Nepali Unicode | Preeti to Unicode

आगामी वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।  तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र –१, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा– २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । चितवन– २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि उनी पदमुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर